Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काभ्रे, फागुन । वि. सं. २०४९ सालमा स्थापना भएको काभ्रेको पाँचखालस्थित गोल्डेन फ्युचर उच्च माध्यामिक विद्यालयले प्रजातन्त्र दिवसको अवसर
पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरी अभिभावक दिवस  भव्यरूपमा मनाएकाे छ ।

विद्यालय प्राङ्गणमा आयोजना गरिएको विशेष कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिका, छात्र–छात्रा, अभिभावक, पत्रकार तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई आसन ग्रहण गराएसँगै औपचारिक कार्यक्रम शुरु भएको हो । विद्यालय व्यवस्थापन सिमितका अध्यक्ष समेत रहनु भएका ज्ञानु थापाले सभापितकाे अासनग्रहणा गर्नुभएकाे थियाे भने प्रमुख अतिथिमा जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङ, विशेष अतिथिको रुपमा प्याब्सन जिल्ला अध्यक्ष सत्यनारायण श्रेष्ठ रहनुभएको थियो ।

त्यस्तै, अतिथिहरुमा काभ्रे प्याप्सन उपाध्यक्ष तथा नव प्रतिभा विद्यालयका प्रिन्सिपल सरोज न्यौपाने, इन्द्रेणी माविका प्राध्यापक राममणि सापकोटा, विद्यालयका शिक्षक रमेश ढुंगाना, विशाल घिमिरे तथा पत्रकार नारयण मैनाली, नेपाल प्रेस युनियनकी केन्द्रीय महिला विभाग सदस्य  तथा  हाम्रो यात्रा डटकमकी प्रबन्ध निर्देशक रोजी पराजुली, समाजसेवी रामकला महत रहनुभएको थियो ।



अभिभावक दिवसकै अवसरमा विद्यायल सञ्चालक समितिका अध्यक्ष बद्री महतको संयाेजकत्वमा नयाँ प्रिन्सिपल  चयन तथा भाइस प्रिन्सिपल थप गरिएकाे छ । लामो समयदेखि विद्यालयमा क्रियाशिल रहेर काम गर्दै आउनु भएका भाइस प्रिन्सिपल विशाल घिमिरेलाई प्रिन्सिपलमा चयन गरेको हो भने भाइस प्रिन्सिपलमा श्यामलाल तोलाङ्गेलार्इ थप चयन गरिएकाे हाे ।

आफूलाई प्रिन्सिपलमा नियुक्त गरेकोमा घिमिरेले खुशी व्यक्त गर्दै विद्यालय सञ्चालक समितिसमक्षहार्दिक कृतज्ञता प्रकट गर्नुभयो । उहाँले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको भन्दै आफ्नो वुद्धि र विवेकले भ्याएसम्म विद्यालयको श्रीवृद्धिका लागि दत्तचित्त भएर लाग्ने प्रतिवद्धता प्रकट गर्नुभयो । मन्तव्यकै क्रममा अतिथि रमेश ढुंगाना, पत्रकार मैनाली लगायतले विद्यालयको सफलताको शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका प्याब्सन जिल्ला अध्यक्ष श्रेष्ठले विद्यालयलाई प्याब्सनबाट हुने सबै किसिमका सहयोग प्रदान गर्ने वचनवद्धात व्यक्त गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी डा. गुरुङले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धि सह्रानीय रहेको भन्दै आगामी दिनमा पनि विद्यालयले उल्लेख्य उपलब्धि हासिल गरोस् भन्ने कामना गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि बालबालिकाहरु शिक्षाको उज्यालोबाट बञ्चित हुननपरोस् र यस विद्यालयको विकास र सफलताको लागि मेरो तर्फबाट सदैव सहयोग रहनेछ ।’

विद्यालय सञ्चालन समितिका अध्यक्ष बद्री  बहादुर महतले विद्यालयले हालसम्म गर्दै आएको विभिन्न उपलब्धिमूलक कार्यक्रमका बारेमा जनाकारी दिनुभयो । उहाँले हाल विद्यालयमा ११ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिदै अध्ययनरत सबै विद्यार्थीको आफू अभिभावक भएको र सबै विद्यार्थी आफ्नै छोरा छोरी समान रहेको बताउनुभयो ।


विद्यार्थीलाई अनुशासित, लगनशील र उत्तरदायी बनाउन आफूले कुनै कसर बाँकी नराख्ने भन्दै गुणस्तरीय शिक्षा आजको आवश्यकतका रहेको औल्याउनुभयो । निकै नै भावुक बन्दै उहाँले २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी आफ्नो छोरी गुमाउदाको  साथै राष्ट्रले भोग्नुपरेको धनजन  क्षेति प्रति पिडा व्यक्त  पोख्नुभयो । भूकम्पले दिएको यस्तो बज्रपात पुनः देख्न र सुन्न नपरोस् भन्ने कामनासहित चाडै नै भूकम्प प्रतिरोधात्मक विद्यालयको भवन निर्माण गरि अापफनाे विद्यार्थी भाइबहनीलाई सुरक्षीत गर्ने बताउनुभयो । 

उहाँले विद्यार्थीको उज्वल भविष्यकाे पाटाे विद्यालय सञ्चालकसँग प्रत्यक्षरूपमा जाेडिएकाे हुँदा आफूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक तथा भौतिक स्रोत साधनहरु पर्याप्तमात्रामा जुटाउने बताउनुभयो ।
त्यतिमात्र नभएर उहाँले जिल्ला शिक्षा कार्यालयकाे नीति नियममा रही अाफ्नाे खुद नाफाकाे केहि प्रतिशत रकम काभ्रे जिल्लामा सञ्चालित सामुदायिक विद्यालयका  गरिब तथा जेहेन्दार विद्यार्थीकाे लागि प्रदान गर्ने घाेषणा गर्नुभयाे ।  जिल्ला शिाक्षा अधिकारी डा. दिप्रेन्द्र गुरुङ समक्ष  लिखित प्रतिबधता पेश गर्नु भयो ।



औपचारिक कार्यक्रमकोसँगै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यार्थीहरु विभिन्न खेलकुदका कार्यक्रममा सहभागी भएर उपस्थित भएका व्यक्तित्वहरूलार्इ मनाेरञ्जन प्रदान गरेका थिए । विभिन्न लोक तथा आधुनिक गीतमा नृत्य गरेर कार्यक्रमको शोभा बढाएका थिए । अभिभावक दिवसकाे अवसरमा अायाेजना गरिएका विविध कार्यक्रहरुका विजेता, विद्यालयको वार्षिक परीक्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अतिरिक्त क्रियाकलामा विजेता भएका विद्यार्थीहरुलाई प्रमुख अतिथिकाे हातबाट पुरस्कारसहित सम्मान गरिएको थियो ।






«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply