Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, माघ । बलिउड चलचित्र ‘भूतनाथ रिटन्र्स’का निर्देशक विवेक शर्माले निर्देशन गर्ने नेपाली फिल्म ‘मेरो पैसा खोइ’ को मंगलबारदेखि छायाँकन सुरु भएको छ ।

पुतलीसडकमा रहेको एक भवनबाट यो मल्टीस्टारर फिल्मको छायाँकन सुरु भएको हो । निर्माता रोज राणाले पैतालिस दिनको कार्यतालिका तय गरेर सुटिङ सुरु गरेको जानकारी दिए ।

फिल्म ‘मेरो पैसा खोइ’ मा सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र रविन तामाङको अभिनय रहने छ । फिल्ममा सौगात र डल्ली अर्थात छुल्ठिम अनि बर्षा र सागरको जोडी रहेनछ ।

यस्तै भारतीय कलाकारहरु जुही चावला र राजपाल यादवको पनि फिल्ममा अभिनय रहने जनाइएको छ । बसन्त सापकोटाको संगीत रहने फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ । फिल्मको सुटिङ काठमाडौं, धुलिखेल र लुम्बिनीमा गरिने फिल्म निर्माण पक्षले जानकारी दिएको छ ।

बलिउड फिल्मको निर्देशन समेत गरिसकेका विवेकले गर्न लागेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँपन दिने अपेक्षा गरिएको छ । चलचित्रमा नेपाली कलाकारका अलावा बलिउड कलाकार पनि देखिने भएको हुँदा दर्शकका लागि पनि फिल्म प्रतिक्षाको विषय बनेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply