Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
जर्मनीमा गएको वर्ष आप्रवासीमाथि हरेक दिन झण्डै १० वटा आक्रमण भएको देखिएको छ । जर्मनीको आन्तरिक मामिला मन्त्रालयका अनुसार सन् २०१६ मा आप्रवासीमाथि दिनको १० वटाका दरले आक्रमण भएको जनाएको छ ।
गएको वर्ष आप्रवासीमाथि भएका तीन हजार पाँच सय ३३ आक्रमणमा पाँच सय ६० जना घाइते भएका छन् । घाइते हुनेमा ४३ जना बालबालिका पनि छन् । आप्रवासीमाथि भएका धेरैजस्तो आक्रमण उनीहरुको आवास भन्दा बाहिर भएको मन्त्रालयले जनाएको छ । झण्डै एक हजार वटा आक्रमण भने उनीहरुको आवास क्षेत्रमै भएको छ ।
चान्सलर एन्गेला मर्केलले द्वन्द्वका कारण समस्यामा परेका देशका नागरिकका लागि जर्मनीमा शरण दिने नीति लिएपछि ध्रुविकरण बढेको छ । यसले घृणाको अपराध पनि बढेको छ । यसले गर्दा आतंककारी आक्रमणको खतरा पनि बढेको विश्लेषण गरिएको छ । जर्मनीले गएको वर्ष दुई लाख ८० हजार आप्रवासीलाई शरण दिएको छ । त्यसअघिको वर्ष ६ लाख भन्दा धेरैले जर्मनीमा शरण लिएका थिए । आप्रवासीको विषय आउँदो सेप्टेम्बरमा जर्मनीमा हुने संसदिय चुनावमा प्रमुख बन्ने अपेक्षा गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply