Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सिमरा,माघ ।
रकम हिनामिना गरेको आरोपमा जिल्ला विकास समिति बाराका सूचना तथा सामाजिक विकास अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७१–७२ मा बाराको कचोर्वा गाविसको गाविस सचिव जयपत यादवको किर्ते हस्ताक्षर गरी १९ लाख रुपैयाँ गाविसको रकम हिनामिना गरेको आरोपमा जिविस बाराका सूचना तथा समाजिक विकास अधिकृत भरत यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
रकम हिनामिनाको आरोपमा धेरै समयदेखिको अनुसन्धानपछि यादवलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । बिहीबार तारिखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौं पुगेका यादवलाई आयोगले हिरासतमा लिएको छ ।
यादवले किर्ते हस्ताक्षर भएको प्रमाणित भएपछि पक्राउ गरीएको आयोगले जनाएको छ । अहिले बारा कचोर्वा गाविसका पूर्व गाविस सचिव जयपत यादवको मृत्यु भईसकेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply