Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित गराउन पहल गर्ने भएको छ । मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँगको छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले संशोधन पास गराउन पहल गर्ने आश्वासन दिएका हुन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित गराउन प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउने दावी गरे । एमालेलाई समेत सहमतिमा ल्याई संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय लिइएको सभापति देउवाले आफ्ना सांसदलाई जानकारी दिए ।
बैठकपछि सभापति देउवाले संविधान संशोधन प्रस्ताव जसरी पनि पारित गर्न लागि पर्ने प्रतिक्रिया दिए । बैठकमा मधेसमा प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरुले संविधान संशोधान प्रस्ताव पारित नभए मधेशमा खुट्टा टेक्ने ठाउँ नरहने भन्दै जसरी पनि संविधान संशोधन प्रस्ताव पारित गराउन सभापति देउवालाई दवाव दिएका थिए ।
उनीहरुले पार्टी केन्द्रिय कार्य समिति र संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्न पनि पार्टी नेतृत्व गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए । नेकपा एमालेसहित विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने अडान राख्दै आएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply