Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बाजुरा, ५ फागुन । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताउनुभएको छ ।

उहाँले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताउनुभयो । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौँ जान धनगढी हुँदै काठमाडौँको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ ।

मार्तडीबाट काठमाडौँको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस–८ की झोपु बुढाले बताउनुभयो । सुदूरपश्चिम यातायात जिल्ला प्रतिनिधि सुरत शाहले मार्तडीदेखि काठमाडौँको रु दुई हजार ८०० भाडा कायम गरिएको बताउनुभयो ।

आजै बिहान ७ः३० बजे उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले रिबन काटेर बस सेवा सञ्चालन गर्नुभएको थियो । आज चारजना यात्रु काठमाडौँ गएका छन् । रासस

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply