Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई जना पर्यटकलाई चन्द्रमाको वरिपरी घुमाउने भएको छ । दुई व्यक्तिले त्यसका लागि आवश्यक रकम दिइसकेको स्पेसएक्सले जनाएको छ ।
सन् २०१८ को अन्त्यमा दुई पर्यटकलाई चन्द्रमाको परिक्रमा गराउने तयारी रहेको स्पेसएक्सका सिइओ एलोन मुस्कले बताए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सहकार्यमा यो योजना बनाइएको सिइओ मुस्कले बताए । दुई पर्यटक अहिलेसम्म भएका भन्दा तीव्र गतिमा स्पेसमा जाने उनको भनाई छ । चन्द्रमाको भ्रमणका लागि पैसा दिएका पर्यटकको नाम भने सार्वजनिक गरिएको छैन ।
दुई पर्यटकले एकअर्कालाई चिन्ने तर उनीहरु हलिवुडबाट भने नरहेको मुस्कले बताए । यसअघि अमेरिकाले सन् १९७० को दशकको सुरुमा अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाएको थियो । त्यसपछि अमेरिकाले पठाएको छैन ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply