प्रेस युनियन शाखा कास्कीले एक विज्ञप्ति जारी गर्दै भनिएको छः स्वतन्त्र पराकारिता विधी विधान नियम, पत्रकार महासंघकै विधान ,पेस काउन्सिल विधि विधान ऐन, प्रेस स्वतन्त्रताको विषयमा संविधानमा उल्लेख भऐ बमोजिमका धारा दफालाई कूल्चिदै गरिएको निर्णय प्रति घोर आपत्ती छ । यस्तो निर्णयलाई तत्काल सच्याउन पनि अनुरोध गरिएको छ । त्रिपक्षीय भागबण्डा तथा दलीय आधारमा निर्णय गरिएको, शैक्षिक योग्यताको मूल्याकन नभएको, भाइ वन्धू आफन्त नातागोता आफ्ना मान्छेको भर्तिकेन्द्र बनाइएको प्रति आपत्ति जनाउँदै युनियनले सदस्य छनौटका लागि लिखित मौखिक परीक्षा गरि पारदर्शी गरिनुपर्ने माग राखेको छ ।
यस निर्णयले कास्कीका दुई सय भन्दा बढी पत्रकारको भावनामाथी आँच पु¥याएको भन्दै श्रमजिवी पत्राकारहरूको खिल्ली उडाएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त त्रूटीपूर्ण निणँय तत्काल खारेज नभय चरणबद्ध आन्दोलन, तालाबन्दी, हडताल, रिलेअनसन गरिने समेत चेतावनी दिइएको छ ।
0 Comments