Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
विद्रोही विरुद्धको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोही मारिएको पाकिस्तानी अधिकारीले बताएका छन् । सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलनदरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा भएको आक्रमणपछि पाकिस्तानी सुरक्षाकर्मीले सुरु गरेको अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोहीको ज्यान गएको हो ।
दरगाहमा बिहीबार भएको आत्मघाती आक्रमणमा कम्तिमा ८० जनाको ज्यान गएको थियो भने दुई ५० भन्दा धेरै घाइते भएका थिए । त्यसपछि पाकिस्तानी सेनाले सिन्ध तथा पञ्जाब प्रान्तसहित देशभर सुरु गरिएको कारवाही अभियानको क्रममा एक सय भन्दा धेरै बिद्रोहीको ज्यान गएको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले बताउनुभयो ।
अभियानको क्रममा धेरैलाई पक्राउ पनि गरिएको छ । बिहीबार दरगाहमा भएको आक्रमणको प्रधानमन्त्री नवाज शरीफले निन्दा गर्दै घटनामा संलग्न विरुद्ध कारवाही अभियान चलाउन निर्देशन दिनुभएको थियो । कारवाही अभियान जारी रहेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय विभिन्न ठाउँमा आत्मघाती आक्रमण हुने क्रम बढेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply