Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन ।  सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र ११ जना डीआईजीको कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ । अधिवक्ता भीमार्जुन आचार्यका अनुसार विपक्षीलाई झिकाउन पनि आदेश दिइएको छ ।

नवराज पनि पुगे सर्वोच्चमा 
यसैबीच, आफूलाई प्रहरी महानिरीक्षक बनाईपाउँ भन्दै डीआइजी नवराज सिलवालले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सिलवालको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ ।
आइतबार विहानै बसेको मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । त्यसको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाएका हुन् ।
डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ । सिलवालको रिट सोमबारका लागि पेशीमा चढेको छ ।

मन्त्रिपरिषद् बैठककाे निर्णयः
लामो विवाद र प्रतिक्षापछि जयबहादुर चन्द प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। आइबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियताका चन्दलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो। पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई छाडेर तेस्रो बरियताका चन्दलाई आईजीपी बनाइएको हो।
चन्दलाई आईजीपी बनाउनका लागि सत्तासाझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकै जोडबल गरेका थिए। अन्तिम समयसम्म पनि बरियताको आधारमा नियुक्तिको पक्षमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवाको अडानसामु अन्तत: पछि हट्न बाध्य भए। लागुऔषध ब्यूरो प्रमुखको जिम्मेवारीमा रहेका चन्द २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा प्रवेश गरेका चन्द अनुसन्धानमा पोख्त मानिन्छन्।
बरियताका आधारमा नै आईजीपी नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट परेपछि अदालत नखुल्दै मन्त्रिपरिषद् बैठक बसेर नियुक्तिको निर्णय गरिएको हो। सर्वोच्चमा सो रिट माथिको सुनुवाई आइतबारकै लागि तोकिएको छ।

सशस्त्रमा सिंहबहादुर श्रेष्ठ
मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको प्रमुखमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए । शसस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको कार्यकाल चैतमा सकिँदैछ ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply