Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको छ। महाअभियोग सिफारिस उपसमितिले बुधबार बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका कार्कीलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको हो। समितिले कार्कीमाथि लगाइएको महाअभियोग छानबिन गर्न उपसमिति गठन गरेको थियो।
कार्की बहला रहेको बेला दिइएको आदेश, लिइएका निर्णय र गरिएका पत्राचारलाई आधार बनाउँदा उनीमाथि लगाइएको महाअभियोग पुष्टि भएपनि पदमुक्त भईसकेकाले संसदले महाअभियोग लगाइरहन नपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझाएपछि उपसमितिका संयोजक रामनारायण बिडारीले सर्वोच्च अदालतको आदेशअनुसार पदमुक्त भईसकेका व्यक्तिलाई संसदमा महाअभियोग लगाइरहन नपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको जानकारी दिए।
कार्कीले पदमा रहँदा गरेका गैरकानुनी कामविरुद्ध भने राज्यले मुद्दा दिन पाउने पनि प्रतिवेदनमा उल्लेख छ। पदमा रहेका बेला भएका गैरकानुनी काममा मुद्दा हाल्न पाउने उपसमितिका संयोजक बिडारीले बताए।
उपसमितिले बुझाएको २३ पृष्ठ लामो प्रतिवेदनमा कार्कीमाथि लगाइएको महाअभियोग पुष्टि हुने आधार भने भेटिएको छ। तत्कालीन अख्तियार प्रमुख कार्कीले अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको, मेडिकल काउन्सिलमाथि हस्तक्षेप गरी आफ्नो अनुकूल निर्णय गराउन दबाव दिएको, समानान्तर सरकार चलाउन खोजेको लगायतका आरोप लगाई संसदमा महाअभियोग प्रस्ताव सिफारिस गरिएको थियो।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply