Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । नायिका रेखा थापाको हिजोआज निकै नै व्यस्त बनेकी छन् । सधैँजस क्यामराको अगाडी एक्सन र कटमा समय बिताउने रेखालाई अहिले राजनीतिको रोगले ग्रसित बनाएको छ । यो रोग उनलाई अहिले मात्रै नभएर पहिले देखि नै लागेको हो । यो थाहा भएकै कुरा हो । पहिले माओवादीमा हुँदा राजनीतिमा रहर गरिन्, आफ्नै गल्तीले मापदण्ड पूरा नगर्दा ओझेलमा परिन् । अहिले राप्रमा लागेपछि उनी मलजल गर्न लागेकी छन् । निकै नै सक्रिय भएर लाग्नुको पछाडि उनलाई अब अभिनेतृ भन्दा नेतृ बन्नु छ ।

राजधानीको भृकुटी मण्डपमा राप्रपा नेपालको महाधिवेशन सुरु भएको छ । जहाँ दुई चर्चित सेलिब्रेटी पनि सहभागी छन् । राप्रपा र राप्रपा नेपालबीच एकता भएसँगै गरिएको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापा र गायिका कोमल ओली पनि चुनावी मैदानमा छन् ।  एकताका नेकपा माओवादी केन्द्रमा लागेर चर्चामा आएकी रेखा शुक्रबार अभिनेत्री होइन नेतृको रुपमा देखिइन् । केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएकी रेखालाई अहिले भोट माग्न चटारोले छोएको छ ।

राप्रपामा प्रवेशसँगै पार्टीभित्रै एक किसिमको तरंग ल्याइरहेका बेला उनको केन्द्रीय सदस्य पदको उम्मेदवारीले थप चर्चा पाएको छ । पार्टी अध्यक्ष कमल थापाको ठाडो निर्देशनमा महाधिवेशन प्रतिनिधि बनेकी रेखा महाधिवेशन स्थलमा सारीमा देखिइन् । महोत्सव तथा फिल्मी कार्यक्रममा पुग्दा छोटा पहिरनमा पुग्ने रेखा अहिले सारी लगाएर पुग्न थालेकी छिन् । दुई हात जोडेर नमस्कार गर्दै भोट समेत माग्न थालेकी छन् । अहिले, उनी राप्रपाका विभिन्न कार्यक्रममा पुग्छिन् र भाषण गर्छिन् ।

रेखाका लागि राप्रपाको केन्द्रीय सदस्य पदको निर्वाचन निकै महत्वपूर्ण देखिएको छ । गायिका कोमल वलीले त राप्रपाको राजनीति सुरु गरेपछि रेडियो नेपालको २० बर्ष लामो जागिर नै छाडेकी छिन् । राप्रपाको राजनीति सुरु गरेर सांसद बन्दै देशको नेतृत्व पदमा पुग्ने रेखाको सोचलाई केन्द्रीय सदस्य पदको चुनावले निकै ठूलो अर्थ राख्ने देखिएको छ । माओवादी छाडेर राप्रपामा प्रवेश गर्दा उनले आफूले माओवादीको सदस्यता नै नलिएको बताएकी थिइन् । अब अहिले फेरि राप्रपाबाट राजनीतिक जीवन शुरु गरेकी छन् । रेखालाई राप्रपाको राप कत्तिको लाग्ने हो त्यो भने हेर्न बाँकी छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply