Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
संसदको सबैभन्दा ठुलो दल तथा सत्तासाँझेदार दलमध्ये सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित अभियान सुरु गरेको छ । जेठमा चुनाव हुने–नहुने अन्यौल भइरहेका बेला नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित अभियान सुरु गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर २ ले शनिबार पेप्सीकोलामा आमसभा आयोजना गर्दै चुनाव अभियान सुरु भएको छनक दिएको छ । प्रमुख सत्ता साझेदार भएर पनि स्थानीय चुनाव गर्न निस्क्रिय भएको आरोप खेप्दै आएको बेला कांग्रेसका अधिकांश शीर्ष नेताहरुले एउटै मञ्चबाट चुनावको तयारी जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
स्थानीय चुनाव केन्द्रित कार्यक्रम भएकैले सभापति शेरबहादुर देउवादेखि वडाका इकाइ सभापतिले समेत कार्यक्रममा भाषण गर्ने अवसर पाएका थिए ।
सभापति देउवाले तीनै तहको चुनाव कांग्रेसले नै गर्ने भएकाले त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । लामो समयपछि काठमाडौं २ मा कांग्रेसले संविधानसभाको दोस्रो चुनाव जितेकाले अब स्थानीय चुनावमा पनि त्यस्तै परिणाम निकाल्न आफूहरु प्रतिबद्ध रहेको भन्दै क्षेत्रीय सभापति उपेन्द्र कार्कीले सबै कार्यकर्तालाई एक जुट हुन आह्वान गरे ।
कांग्रेसका शिर्ष नेताहरु पछिल्लो समय काठमाडौ र काठमाडौ बाहिरका जिल्लाहरुमा हुने नेपाली कांग्रेसका विभिन्न तहका आमसभा तथा कार्यक्रमहरुमा सहभागि भईरहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply