Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
पाकिस्तान, मलेसिया र दुवईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका पाँच जना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ ।
प्रहरीले दुवईमा बसेर नेपाल र भारतमा आईएसआइका लागि आपराधिक गतिविधी गर्दै आएका बाराको परशुरामपुर गाविस ४ स्थायी घर भइ हाल कलैया नगरपालिका ८ मा घर बनाएका ४८ बर्षीय सम्सुल होदा, बाराको महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमार कुर्मीलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा पाँचै जनालाई सार्वजनिक गरिएको हो । बाराको करैया जंगलमा गत पुस १३ गते घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका भारत आदापुरका दीपक राम र अरुण रामको हत्या पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा गरिएको खुलासा भएपछि त्यसमा संलग्न भनिएका होदालाई नेपाल प्रहरीले इन्टरपोलको मद्दतमा दुवईबाट पक्राउ गरी सोमबार साँझ जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको थियो ।
मोजाहीरलाई बारा प्रहरीले गत पुस १५ गते कलैयाबाट, बृजकिशोरलाई पर्साको बिजबनीयाबाट पुस २४ गते तथा आशीष र उमेशलाई माघ १ गते कलैयाबाट पक्राउ गरिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
अहिले पक्राउ परेका पाँच जनामध्ये केहीको मोबाइलमा हरैया जंगलमा भारतीय युवकको क्रुर तरिकाले हत्या गरिएको भिडियो रेकर्डिङ समेत रहेको फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । पक्राउ परेका होदासहितका पाँचै जना बाराको करैया जंगलमा पुस १० गते भएको दुई भारतीय युवकको हत्यामा संलग्न रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply