Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर, फागुन । तत्कालिन टिकाथली गाविसको वडा न. ६, ७, ८ र ९ तथा हाल महालक्ष्मी नगपालिकाको वडा नं ११ चांगाथलीका करीव १ हजार २०० घरधुरीलाई लक्षित गरि ४ वर्ष अगाडि डिपवोरिङ्ग खनेर शुरु गरिएको खानेपानी शनिबारदेखि स्थानीय वासिन्दालाई बाँड्न शुरु गरिएको छ ।

चांगाथली क्लवको पहलमा २०६८ मंसीर १७ देखि श्रीमद् भागवत महायज्ञ शुरु गरि खानेपानी बोरिङ्गको लागि स्थानीय तहबाट चन्दा संकलन शुरु गरिएको थियो । महायज्ञको साथै नेपाल सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्थानीय चन्दादाता तथा खानेपानी उपभोक्ताहरुबाट संकलन गरेको करीव ३ करोड रुपैयाँको लागतमा २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड टयांकी बनाई खानेपानी वितरण शुरु गरिएको हो । यसका लागि जमिनमुनिको पानी डिप बोरिङ्ग गरिएको छ ।

एक घर एक धाराको अवधारणा शुरु गर्दै क्लवले पानी दान जीवन दान भन्ने नाराका साथ खानेपानी बोरिङ्ग र वितरण कार्य शुरु गरिएको चांगाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव रामकृष्ण बस्नेतले बताए ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले शनिबार सो खानेपानीको उद्घाटन गर्दै नेपालको नयाँ संविधानमा खानेपानी तथा सरसफाईलाई जनताको मौलिक हकमा राखेको बताए । स्थानीयतहमा यती ठुलो खानेपानी आयोजनाको निर्माण सम्पन्न भएकोमा त्यसको प्रशंसा गर्दै मन्त्रीले आफु मन्त्री भएपछि मेलम्ची खानेपानीको कामलाई गति दिएको र तराईका २० जिल्लामा आर्सेनिक मुक्त शुद्ध खानेपानी वितरण अभियान शुरु गरेको समेत दावी गरे ।

कार्यक्रममा उनले चाँगाथली क्लवद्धारा प्रकाशित चाँगाथली दर्पण एवम् खानेपानी स्मारिकाको विमोचन गर्नुका साथै खानेपानीको लागि सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसापत्र वितरण गरे ।

चांगाथली क्लवका अध्यक्ष बाबुराजा मर्हजनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पुर्वमन्त्री महेन्द्र यादव, ललितपुर २ नं क्षेत्रका सांसद चन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले आचार्य कपिलदेव सुवेदी, क्लवका सल्लाहकार श्यामकृष्ण महर्जन,वरिष्ठ उपाध्यक्ष राजकुमार केसी, सचिव रामकृष्ण बस्नेत,कोषाध्यक्ष नन्द केसी, इन्जिनियर तुलसी बस्नेत, महालक्ष्मी नगरपालिकाका कार्यकारी प्रमुख आत्माराम सत्याल, खानेपानी विभागका प्रमुख फत्तबहादुर क्षेत्री लगायतले चांगाथली क्लवले गरेको कार्यको सरहाना गरे ।

कार्यक्रममा रोटरी क्लव पाटन वेष्टका पुर्व अध्यक्ष सिद्धिबहादुर शाक्यले आफु क्लवको अध्यक्ष हुँदा जापानको रोटरी क्लवबाट चाँगाथली क्लवलाई दिएको एउटा एम्बुलेन्सले स्थानीय विरामीलाई पुर्याउँदै आएको सेवाको लागि धन्यवाद दिएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply