Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
नेपाल वायुसेवा निगमले सोमबारबाट नयाँ चिनियाँ विमानमार्फत पनि हवाइ सेवा सुरु गरेको छ । चीनले सहुलियत ऋण दिएको दुई एमए ६० (फेवा) र वाइ १२ ई (गौंथली) नयाँ विमानले सेवा थाल्न लागेका हुन् ।
दुबै विमानले दैनिक ३ रुटमा ६ वटा उडान भर्नेछन् । निगमले पुरानै हवाइ रुटमा विमान उडाउने गरी तालिका तय गरेको छ ।
महत्वपूर्ण रुटमा अन्य कम्पनीसँगको प्रतिस्पर्धामा बलियो हुन निगमले धेरै यात्रु हुने रुटमा यी नयाँ विमानलाई केन्द्रित गरेको छ ।
५६ सिट क्षमताको नयाँ एमए–६० ले काठमाडौं–विराटनगर–काठमाडौं र काठमाडौं–धनगढी–काठमाडौं रुटमा दैनिक रुपमा उडान भर्नेछ । काठमाडौं–भद्रपुर–काठमाडौं रुटमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमको तालिका तय भएको छ ।
मंगलबार, बिहीवार र शनिबार काठमाडौ–भैरहवा–काठमाडौं उडान हुनेछ । एमए–६० ले महिनाभर १ सय ५ घण्टा उडान गर्ने निगमले जनाएको छ । वाइ १२–ई विमानले नियमित रुपमा काठमाडौं–पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौं उडान भर्नेछ । आइतबार, सोमबार, बुधबार र शुक्रबार काठमाडौं–भैरहवा–काठमाडौं रुटमा विमान उड्नेछ ।
यो सँगै अब निगमले ९ वटा विमानमार्फत आन्तरिक उडान भर्नेछ । नयाँ विमानले सेवा थालेपछि आन्तरिक हवाइ सेवा बजारमा निगमको उपस्थिति थप बलियो हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply