Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

न्यूयोर्क– ८५ देशबाट आएका युवानेता र व्यवसायी, राष्ट्रसंघकै अधिकारी र कूटनीतिज्ञ तथा अन्तरसरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि गरी हजारभन्दा बढी युवा प्रतिनिधि । त्यो बृहत सम्मेलनमा युवाका तर्फबाट अध्यक्षता गर्दै थिइन्, २७ वर्षीया नेपाली युवती । संयुक्त राष्ट्रसंघको युवा सम्मेलन को युवा अध्यक्षका रुपमा उपस्थित थिइन्, ललितपुरमा जन्मे, हेर्कर अमेरिका पुगेकी जोली अमात्य ।

दीगो विकासका लागि संयुक्त राष्ट्रसंघको कार्यान्वयनमा युवाको भूमिका विषयमा केन्द्रित संसारकै युवाको अवाज बोलिन् । संसारमा एकता र ऐक्यवद्धताको खाँचो भएको टिप्पणी गरिन् । भनिन्, ‘म शान्तिका प्रतीक बुद्धको जन्मभूमिबाट प्रतिनिधित्व गर्छु र मलाई लाग्छ, हामी सबै शान्ति र प्रेमका वाहक हौं । दीगो विकासको लक्ष्य पूरा गर्न संसारभरका युवा एकजुट हुनु जरुरी छ ।’

वर्षेनी ग्रीष्म र शिशिर ऋतु मा हुने संयुक्त राष्ट्रसंघको युवा सम्मेलन सबैभन्दा ठूलो सम्मेलन हो । फेब्रुअरीमा हुने विन्टर युथ एसेम्बलीले संसारकै युवानेता, व्यवासयी, संयुक्त राष्ट्रसंघभको अधिकारी, कुटनीतिज्ञ र अन्तरसरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलाई एकै थलोमा भेट गराउँछ । त्यो ठूलो सम्मेलनको अध्यक्षता गर्नु ठूलो जिम्मेवारी वहन गर्नु हो । लामो रेस दौडेपछि मात्र त्यहाँ पुग्ने थोरै मध्यकी एक हुन् जोली ।
पाटनकै सेन्ट मेरिज उच्च माध्यामिक विद्यालयबाट विज्ञान संकायमा प्लस टु सकेर अमेरिका पुगेकी जोली पहिलोपटक सन् २०१३ मा संयुक्त राष्ट्रसंघको युवा सम्मेलनमा सहभागी भएकी थिइन् । त्यो पनि साथीले भनेपछि आवेदन दिएर, छनोटको लामो प्रक्रियाबाट गुज्रिएर । २०१३ को शिशिरकालीन सम्मेलनमा पहिलोपटा सहभागी हुँदा उनी छप्क कपरेकी थिइन ठूलो हल र असंख्या मानिस देखेर ।

जोली नेपाल हुँदा देखि नै सामाजिक गतिविधिमा संलग्न थिइन् । सन् २००७ मा भ्वाइस अफ वुमेन टपटेन अवार्ड जितेकी थिइन् । संयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला, वल्र्ड बैंक, हेबी ट्याट फर ह्युमानिटी, एक्सन एड नेपाल आदिमा काम गरेको अनुभव संगालेर कम समयमै आफूलाई उनले परिपक्व बनाइसकेकी छन् ।  त्यसैले २०१५ मा ग्लोबल कनेक्सन फर वुमन फाउण्डेसनले उनलाई योङ ग्लोबल लिडर एचिभमेन्टद्वारा सम्मान गरेको थियो ।

जोलीले नेपाल आएर देशका निम्ति केही गर्ने सोच रहेको बताइन् । नेपाली युवासँग क्षमता भएर पनि अवसर नपाएको उनको धारणा छ । उनले भनिन्, नेपालका युवालाई सही निर्देशन, परामर्श तथा अवसरको आवश्यकता छ , पैसाको कमीले योजना र सीप भएर पनि खुम्चितन बाध्य नेपाली युवा सशक्तिकरणका निम्ति काम गर्ने जोलीको योजना छ । अन्नपूर्णमा समाचार छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply