Ticker

6/recent/ticker-posts

अधिवेशनमा चन्दासँगै थापाको ‘कमाउने धन्दा’

एन.पी., तुलसी र ज्ञानेन्द्रको पनि नाम बेचिँदै
काठमाडौं– नेपाल सांस्कृतिक संघको अधिवेशन सम्मुख आउँदा आफ्नो कर्तुतहरु सार्वजनिक भएपछि संघका अध्यक्ष तीर्थ थापा विलखबन्दमा परेका छन् ।
समाचार स्रोतका अनुसार पीडितहरुल बुधबार बिहान थापाको आर्थिक अपराधका फेहरिस्त कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरुलाई बुझाएका छन् ।
अध्यक्ष थापाले संघका नाममा भए गरेका आर्थिक बदमासीलाई उल्लेख गर्दै संघका तर्फबाट पूर्वमहामन्त्री, कुलचन्द्र सुवेदी, जनार्दन आचार्य, सदस्य राजु के.सी., संस्कृतिकर्मी, टायम कट्टेल, सुषमा कार्की लगायत दुई तिहाइ कार्यसमिति सदस्यहरुको हस्ताक्षरसहित सो ज्ञापनपत्र नेताहरुलाई बुझाइएको हो ।
यसरी बुझाइएको ज्ञापनपत्रको साथमा अध्यक्ष थापाले प्रहरी निरीक्षकमा भर्ती गर्ने निहुँमा र  विदेश पठाउने शर्तमा गरेको तमसुक र लेनदेन गरेको चेकको फोटोकपी पनि संलगन गराइएको छ ।

अर्काे तमसुक यस्ताे छः


समाचार स्रोतका अनुसार अध्यक्ष थापाले बीरगंज निवासी वलिराम राउत कुर्मीसँग प्रहरी निरीक्षक बनाउने शर्तमा ६ लाख रुपैयाँ लिएका थिए । त्यस्तै  लमजुङकै नारायण पौडेललाई दक्षिण कोरिया लग्न १० लाख उठाएका थिए । उनीहरुसँग पैसा लिएर काम गर्न नसकेपछि थापाले सांस्कृतिक संघको बैंक अफ काठमाडौं लिमिटेडमा रहेको खाताबाट १० लाख र पाँच लाखको दुई वटा चेक फिर्ता गरेका थिए । खातामा पैसा नभएका कारण दुबै चेक बाउन्स गराएर अध्यक्ष थापालाई कारबाहीको लागि कानूनी प्रक्रिया अघि बढाइएको पीडित कुर्मीले बताए ।

अध्यक्ष थापाबाट पीडित कुर्मीका अनुसार प्रहरीमा जागिर खुवाउने भनी थापाले कतिपय मान्छेलाई मन्त्रीक्वार्टर बाहिर पु¥याउँछन् र आफू चाहिँ गृहमन्त्रीलाई भेट्छु भनी भित्र जाने गर्छन् । त्यसपछि मन्त्री क्वाटरबाटै वेपत्ता हुने थापाले आफू मन्त्रीज्यूसँग बाहिरिएको बताउँदै मान्छेहरुलाई ठग्दै आएका छन् । अध्यक्ष थापाले सो धन्दामा उनका सहयोगी भनिने सुनिल पुरीलाई प्रयोग गर्ने गरेको अर्का पीडित पौडेलले बताए ।
पीडित पौडेलले विभिन्न जिल्लामा संघका नाममा कार्यक्रममा जाँदा होटल, रेष्टुरेण्ट एवं गाडीका नाममा अध्यक्ष थापाले पैसा नतिरेको बताउँदै कतिपय पीडितहरुले यस विरुद्ध अधिवेशन स्थलमा आवाज उठाउने भएको जानकारी दिएका छन् ।
प्राप्त पछिल्लो जानकारी अनुसार थापाले पोखराको दीपसागर होटेलमा अझै संघका नाममा १ लाख ३९ हजार बाँकी राखेका छन् । चितवनमा गाडी भाडामा दिने नारायणी सफारीमा थापा समूहले चढेको टाटा स्कार्पियोको ६४ हजार भाडा तिर्न बाँकी छ । त्यस्तै, हेटौंडाको एभाकाडो, वीरगन्जको सत्कार, बुटवलको तिनाउ होटलमा पनि लाखौंको बील बाँकी रहेको बताइन्छ । काठमाडौंमा पनि थापाले गौसालामा रहेको स्वागत होटेलमा मान्छे भेला गराउने र त्यहाँको बिल बाँकी राख्दै लाखौं लाख पु¥याएको समाचार स्रोतको दाबी छ ।
यता महाधिवेशन नजिकिदै गर्दा अध्यक्ष थापाको कोटरी भने अधिवेशनको नाममा आर्थिक सहायता उठाउने काममा सक्रिय भएको छ । सांस्कृतिक संघको नाममा बनाइएको सो रसिद प्याड बोकेर लीला दाहाल, रवि केसी, सुनिल पुरी लगायतको समूह विभिन्न चन्दादाताकहाँ पुग्न थालेका छन् । चन्दा उठाउने क्रममा थापाले भन्ने गरेका छन्ः ‘बुढानीलकण्ठले पैसा दिएन, त्यसैले चन्दा उठाउनुपरेको हो ।’
चन्दा उठाउने लगायतकोआफ्नो धन्दामा सो समूहले पार्टी नेतृत्व बाहेक युवानेता एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, तुलसी नारायण श्रेष्ठ लगायतको नाम समेत बेच्ने गरेको छ । ‘यसबाट नेताहरु सचेत हुनुप¥यो’ सांस्कृतिक संघका एक केन्द्रीय सदस्यले टिप्पणी गरे ।

(चारतारन्यूज डटकम बाट साभार)

Post a Comment

0 Comments