Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन



काठमाडौं , ‘जाउँ काली भागेर’ बोलको गीतमा अभिनय गरेका नायक एवम् फिल्म मेकर करण श्रेष्ठ भन्छन् ‘म्युजिक भिडियोमा अभिनय गर्दाको आनन्द अर्कैछ । कमेडी फ्लेभर र मायाप्रेमको संयोजनामा निर्माण भएको यो म्युजिक भिडियोले दर्शक स्रोताको मन छुन सक्ने उनको बुझाइ छ ।

गायिका टीका गुरुङ र गायक सन्तोष प्रगाढको स्वर रहेको ‘जाउँ काली भागेर‘’को शब्द र संगीत दीपकराज विश्वकर्माको छ । गीतमा मोडलिङमा श्रेष्ठलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् । गीतका एरेञ्जर सन्तोष प्रगाढ नै हुन् ।
 करण श्रेष्ठ यतिबेला निकै चर्चामा छन । चलचित्र ‘जवाफ’ देखि ‘जालसा’ सम्म आइपुग्दा २१ वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठ पछिल्लो समयमा ‘सुख दुःख रिटर्न’ मा नायकको भूमिका गर्ने तयारीमा  छन । श्रेष्ठले चलचित्र क्षेत्रमा स्थायित्व कमाइसकेका छन । श्रेष्ठले अभिनय गरेका चलचित्रहरु ‘जवाफ’, ‘जंगली क्विन’, ‘द मोस्ट वान्टेड’, ‘खोइ को कसको’ , ‘टक्कर दुई मुटु’ , ‘दुस्मन दुनियाँ’, ‘सम्झी दिए पुग्छ’, ‘पल्टन’,‘एटिएम’, ‘दुई दुना पाँच’, ‘चिनारी’ , ‘बलिदान’ ‘टापू’ ‘म छु नि तिम्रो......

 कारणले चलचित्रमा अभिनय मात्र गरेका छैनन उनले चलचित्र ओम र जन्जिर को निर्माण समेत गरेका छन्
‘जाउँ काली भागेर‘’ गितको म्युजिक भिडियोको निर्देशन सोम कुस्कुमाझीले गरेका हुन् । विज्ञान राइको सम्पादन र एकान्त मगरको छायाँकनमा म्युजिक भिडियो निर्माण भएको हो ।यो गितलाई युथ क्रिएसनले बजार पर्वद्धन गरेको छ ।
यस्तो छ भिडियो हेर्नुहोस

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply