Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । संविधान संशोधन विधेयकलाई संसदको प्रक्रियामा अघि बढ्न दिन एमाले सहमत भएको छ। सभामुख ओनसरी घर्ती मगरको पहल र उपस्थितिमा बिहीबार बिहान संसद सचिवालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीबीच भएको त्रीपक्षीय छलफलमा सहमति जुटेको हो ।

‘संसदमा पेश भएको संविधान संशोधन विधेयक प्रक्रियामा लैजान एमालेले सहयोग गर्ने सहमति भएको छ’, सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले भने । बैठकमा ओलीले संविधान संशोधन विधेयकप्रति पार्टीको धारणा यथावत रहेको तर, संसदीय प्रक्रिया भने चल्न दिने विषयमा सहमति जनाएका थिए। बैठकपछि सभामुख ओनसरी घर्तीले विधेयकलाई अघि बढाउने विषयमा सहमति जुटेको भन्दै खुसी व्यक्त गरिन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली संसदको कार्यसूची सहमतिमै अघि बढाउन सहमत भएको उनको भनाइ छ। संसद बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ। विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको ७२ घण्टाभित्र सांसदहरुले त्यसमाथि संशोधन हाल्न सक्ने प्रावधान छ।

एमालेसहित विपक्षी ९ दलले संशोधन विधेयकलाई कार्यसूचीमा राखे विरोध गर्ने अडान लिएपछि मंगलबार र बुधबारको संसद बैठक सूचना टाँसेर स्थगित भएको थियो।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply