Ticker

6/recent/ticker-posts

महिलामा मात्र हुने क्यान्सरको उपचार अब निःशुल्क

काठमाडौ, फागुन ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार खर्च सरकारले बेहोर्ने गरी निशुल्क उपचार गर्ने तयारी गरेको छ । मन्त्रालयले गरेका कामहरु र आगामी योजनाको बारे जानकारी गराउन मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा महिला तथा बालबालिका मन्त्रालयले केहि सरकारी र केहि निजी अस्पतालसंग सम्झौता गरी उपचार खर्च मन्त्रालयले नै बेहोर्ने गरेर महिलामा मात्र लाग्ने क्यान्सर रोगलाई निशुल्क गर्ने तयारी गरेको हो ।
त्यस्तै, मन्त्रालयले बृद्ध बृद्धाहरुको सुरक्षाका लागि उनीहरुका सन्तानको आम्दानीवाट अनिवार्य १० प्रतिशत रकम कटाएर सम्वन्धित छोराछोरीका बाआमाको कोषमा जम्मा गर्ने गरी जेष्ठ नागरिक सम्वन्धि ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ ।
मन्त्रालयले मुलुकका कुनैपनि भूगोलमा महिला माथी भएका घरेलु हिंसा लगायत सबै प्रकारका हिसांको घटनामा उद्धार, कानुनी सहायता र उपचारका लागि तत्काल जिम्मेवार समुह गठन गरेको छ ।

Post a Comment

0 Comments