Ticker

6/recent/ticker-posts

न्यूजिल्याण्डमा रक्सी पिएर गाडी हाँक्ने नेपाली युवकलाई देश निकाला...

काठमाडौ,माघ । न्यूजिल्याण्डमा रक्सी पिएर गाडी हाक्ने एक नेपाली युवकलाई देश निकालाको आदेश दिईएको छ ।
दिपेन्द्रले रक्सी पिएर गाडी चलाए र समातिए । अधिकांस व्यक्तिहरु यस्तो लफडामा पर्दा एक थप्पड र निश्चित जरीवानामा कुरा सकिन्छ । तर दिपेन्द्र प्रधानले भने यसको निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । रक्सी पिएर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । पछि उनलाई मुद्दा नचलाइकन छाडियो । तर न्यूजिल्याण्डको अध्यागमनले उनलाई देश छोड्न भनिरहेको छ ।
पार्टनरसिप भिसामा एक वर्ष अगाडि न्यूजिल्याण्ड आएका दिपेन्द्र केही हप्ता अगाडि तौरङ्गामा आफ्ना केही साथीहरुसँग मस्ती गरिरहेका थिए । सामान्यतया वियर मात्र पिउने यी २९ वर्षीय युवालाई साथीहरुले त्यस दिन ह्वीस्कीको स्वाद चखाए । स्टुडेन्ट भिसामा न्यूजिल्यान्ड आएकी र पछि वर्क भिसा पाएकी उनकी श्रीमती सर्जना दुवाल आफ्नो काममा थिइन् ।
राति एक बजे दिपेन्द्रले गाडी चलाएर घर जाने निर्णय गरे । बाटोमा प्रहरीले उनलाई रोक्न खोज्यो । उनी अली अगाडि पुगेर मात्र रोकिए । सुरुमा आफूले प्रहरीले लाइट बालेको नदेखेको उनले बताए ।
प्रहरीको रिपोर्टमा उनले अल्कोहल पिएको देखियो । उनलाई नशालु पदार्थ सेवन गरेर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको अभियोग लगाइयो । नशालु पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई ८ सय ६० डलर जरीवाना गराइयो भने प्रहरीको अगाडि नरोकिएको आरोपमा थप ५०० तिराइयो । उनलाई गाडी चलाउन पनि अयोग्य ठहर गरियो ।
त्यसको एक महिनापछि एउटा पत्र दिपेन्द्रको हातमा पर्‍यो । त्यसमा उनलाई चाँडै देश निकाला गर्न सकिने आशय उल्लेख थियो ।

Post a Comment

0 Comments