Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

सुनसरी, फागुन ।
एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले मंगलबार धरानको विजयपुर अस्पताल तोडफोड गरेका छन् ।
पेट दुखेपछि धरान–१७ रेल्वेबाट आफैं मोटरसाइकल चलाएर उपचारका लागि आएका ३० वर्षीय अमित जोशीको शल्यक्रियापछि मंगलबार बिहान २ बजे मृत्यु भएको थियो ।
बिरामीको मृत्युपछि आफन्तले विजयपुर अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा तनाव सिर्जना भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
आफैं मोटरसाइकल चलाएर आएका विरामीको मृत्यु हुनुमा चिकित्सकको चरम लापरबाही भएको आरोप मृतकका आफन्तले लगाएका छन् । उनीहरुले लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई हदैसम्मको कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विजयपुर अस्पताल प्रशासनले भने शल्यक्रिया गरेकै कारण अमितको मृत्यु नभएको दावी गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply