Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– महाशिवरात्री शुक्रबार धुमधामका सुाथ मनाइदैछ । शिवरात्रीका अवसरमा हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दैछन् । भगवान् महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

महाशिवरात्रीका अवसरमा काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा नागा बाबाको चहल पहल बढेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने गर्छन् । शिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ । कोषले यस वर्ष करिब चार हजार जोगी बाबा पुग्ने अनुमान गरेको छ ।  विभिन्न संघ संस्थाले पशुपतिनाथ आसपासमा बिहिबारदेखि स्वयंसेवा सञ्चालन गरेका छन् । आउने भक्तजनको सुविधाका लागि ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर, भजन किर्तनलगायतका व्यवस्था मिलाइएका छन् ।

विभिन्न अखडामा उनीहरुलाई खान, बस्नका लागि प्रबन्ध गरिएको छ । उनीहरुलाई जथाभावी आवतजावत नगर्न कोषले आग्रह गरेको छ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ रोक लगाएको हो ।

यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङरोड परिक्रमा गर्ने याुत्रबाहक सवारीसाधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ । रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारीसाधनलाई पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएकोे छ ।

यस्तै कलंकी, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारीसाधनलाई सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ । रातोपुल, गौशाला भएर चावहिलतर्फ जाने सवारीसाधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चावहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ ।

यस्तै शंखमूल, नयाँ बानेश्वर, पुरानो बानेश्वरतर्फबाट चल्ने सवारीसाधनलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाएको छ । यसैगरी विदेशी पर्यटकका सवारीसाधनलाई तिलगंगा, भारतीय दर्शनार्थीका साना सवारीसाधन र पासवाला सवारीसाधनलाई अमालकोट, स्वदेशी तथा विदेशी दर्शनार्थी एंव तीर्थयात्रीका सवारीसाधनलाई सिफल चौर, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय र बौद्ध, जोरपाटीतर्फबाट आउने भक्तजनका सवारीसाधनलाई गुह्येश्वरीमा पार्किङको व्यवस्था मिलाइएको छ ।

यसैबीच, नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा शुक्रबार नै सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थििति रहनेछ । नेपाली सेनाका विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोपखानालगायत विकास निर्माणसम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शन भइरहेको छ । विसं. २०४७ देखि नेपाली सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply