Ticker

6/recent/ticker-posts

सशस्त्रका नवनियुक्त आईजीपी श्रेष्ठलाई आज दज्र्यानी चिन्ह प्रदान गरिने

काठमाडौं, फागुन । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई आज बिहान  ११ बजे दज्र्यानी चिन्ह प्रदान गरिने भएको छ । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त आईजीपी श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गर्ने भएका छन् ।

आईजीपीलाई गृहमन्त्री वा गृहसचिवले दज्र्यानी चिन्ह प्रदान गर्ने चलन छ ।दज्र्यानी चिन्ह लगाइसकेपछि आईजीपी श्रेष्ठ सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक जानेछन् । त्यहाँ उनलाई स्वागत गरिने छ र सलामी अर्पण गरिने छ ।

त्यसपछि पदबहालीको कार्यक्रम राखिएको छ । पदबहाली भइसकेपछि आईजीपी श्रेष्ठले सकल दर्जालाई निर्देशन सम्बोधन गर्नेछन् । सो कार्यक्रमको सशस्त्र मुख्यालयसहित उपत्यकाबाहिरका सशस्त्रका कार्यालयमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको छ ।

Post a Comment

0 Comments