Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबरा राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । एथ्लेटिको मड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले हराएको हो । चौथो स्थानको एथ्लेटिको मड्रिडको जितमा केविन गामेइरो नायक बने । गामेइरोले पाँच मिनेटको बिचमा ह्याट्रिक पूरा गरे ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको एथ्लेटिको मड्रिडका लागि दोस्रो हाफको सुरुमा नै यानिक काररास्कोलेले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ४९ औं मिनेटमा सर्जियो एल्वारेजले गिजोनका लागि बराबरी गोल फर्काए । ६१ औं मिनेटमा मैदान छिरेका गामेइरोले ७९ देखि ८४ मिनेटको बिचमा ह्याट्रिक पूरा गरे ।
उनले ७९, ८१ र ८४ औं मिनेटमा गोल गरेका हुन् । गामेइरोको पाँच मिनेट भित्रको ह्याट्रिकपछि एथ्लेटिको ४–१ ले विजयी भयो । गामेइरोको ह्याट्रिक ला लिगामा सन् २००६ यता सबै भन्दा छिटो भएको ह्याट्रिक हो ।
सन् २००६ मा डेविड भिल्लाले भ्यालेन्सियाका लागि एथ्लेटिको बिल्बाओसँगको खेलमा पाँच मिनेट भन्दा कम समयमा ह्याट्रिक गरेका थिए । जितपछि चौथो स्थानको एथ्लेटिको मड्रिडको २३ खेलबाट ४५ अंक भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply