Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भैरहवा, माघ ।
रुपन्देहीको बुटवलमा एसिड प्रहारबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुने नवलपरासी, गैडाकोटकी २७ वर्षीया तुल्सा सापकोटा हुन् । उनकोे अनुहार र शरीरमा एसिड छ्यापिएको थियो ।
आइतबार राति धादिङ, नौबिसेका सुनील कोइरालाले बुटवलको मेरिडियन होटलमा सापकोटामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्ने कोइराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एसिड प्रहारबाट घाइते भएकी तुल्साको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
ती दुईबीच तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको पनि खुलेको छ । उनीहरुले राति सँगै खाना खाएको र मध्यरातमा केही कुरा नमिलेपछि युवाले युवतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply