Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
काठमाडौ निजगढ दुर्तमार्ग निर्माण बारे अध्ययन प्रतिवेदन बुझाउन सरकारद्धारा गठन गरिएको कार्यदलले सोमबार सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई  दुर्तमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरी सुझाव पेश गर्न गठित कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलले काठमाडौ–निजगढ दुर्तमार्ग सरकार आफैले बनाउन सम्भव रहेको सुझाव दिएको छ । कार्यदलको सुझाव प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले द्रुतमार्ग सरकार आफैले निर्माणमा गर्नेमा कुनै दुविधा नरहेको भन्दै कार्यदलको सुझाव अनुसार सरकारले तत्काल काम थाल्ने बताए ।
समितिले योजनाको डिपीआर,आवश्यक रकम उपलब्ध कसरी गर्ने,आयोजना निर्माण कम्पनी मोडेल वा विकास समितिको मोडलमा निर्माण गर्नुपर्ने लगायत ३ विषयमा सुझाव दिएको छ ।
सरकारले गत पुस ७ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय कार्यदल गठन गरेको थियो । कार्यदललाई द्रुत मार्ग पुरानै कम्पनीले बनाएको डीपीआर लिन सकिने वा नया“ बनाउनुपर्ने, फास्ट ट्रयाकको बित्तीय व्यवस्थापन कसरी गर्ने, नेपाल आफैंले बनाउन सक्ने वा नसक्ने, कुन मोडालिटीमा बनाउनेजस्ता विषयमा सरकारलाई सुझाव पेश गर्न कार्यदेश दिएको थियो ।
सरकार द्रुतमार्ग आफैंले बनाउ“दा ३ देखि ५ वर्ष लाग्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष पनि सरकारले १० अर्ब बजेट छुट्याएको छ । प्रत्येक वर्ष १० देखि २० अर्ब छुट्याउँदा फास्ट ट्र्याक नेपालले बनाउन सक्ने कार्यदलको सुझाव छ । रकम जुटाउन विकास ऋण पत्र पनि जारी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply