Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
नेकपा एमाले सम्वद्ध युवा संघ नेपालको बैठकमा एकआपसमा हात हालाहाल भएको छ । संस्थापन पक्ष र माधव नेपाल पक्षबीचको विवादका कारण एमालेसम्वद्ध युवा संघको केन्द्रीय कमिटी बैठक चार दिनदेखि अवरुद्ध भएको छ । राजिव पहारी अध्यक्ष भएपछि पहिलो पटक करीव डेढ वर्षमा डाकिएको बैठक शुरुकै दिन हात हालाहाल भएपछि अवरुद्ध अवस्थामा छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा अध्यक्ष ओलीले उदघाटन गरेको बैठकमा माधव नेपाल पक्षले अन्तरजिल्ला कमिटीहरु भंग गर्न माग गरेपछि विवाद शुरु भएको थियो ।
नेपाल पक्षले पार्टीको नियमावलीले अनेरास्ववियु बाहेक कुनै पनि जनसंगठनमा सम्पर्क कमिटीहरु नरहने भनेकाले नियमावली विपरीतको अन्तरजिल्ला कमिटी भंग हुनुपर्ने अडान राखेको छ ।
अन्तरजिल्लाका इञ्चार्ज तथा युवा संघका केन्द्रीय सदस्य क्षितिज थेबेले बैठकमा रिपोर्टिङ गर्न थालेपछि बैठकको शुरुमै नेपाल पक्षले अवैध कमिटीको रिपोर्ट नसुन्ने भन्दै बैठक बहिस्कार गरेको स्रोतले जनाएको छ । त्यस क्रममा हात हालाहाल समेत भएको एक केन्द्रीय सदस्यले जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply