Ticker

6/recent/ticker-posts

वेनिशासामु सागरले हात फैलाएपछि... (भिडियो सहित)

काठमाडौं, माघ । गायक रोशन श्रेष्ठको आवाजमा रहेको ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ । पोखरा र चितवनका ठाउँहरुका खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन् ।

प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो देखिन्छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले काटेका हुन । यसअघि यो मन रम्दैछ, कहाँ समय र सोची हेर लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक रोशन श्रेष्ठले प्रेम महिना पारेर तिमी नै तिमी बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको बताए ।

प्रायः सधै रोमान्टिक गीतहरु दर्शक, स्रोतामाझ ल्याउने गायक श्रेष्ठले यो पटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको तिमी नै तिमी गीत सार्वजनिक गरेका हुन ।
भिडियो हेर्नोस्...

Post a Comment

0 Comments