Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, फागुन ।
अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई निकाल्न नयाँ रणनीति लागु गरिने भएको छ । आप्रवासीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको यसअघिको निर्णयको विरोध भइरहँदा ट्रम्प प्रशासनले फेरि नयाँ रणनीति लागु गर्न लागेको हो ।
नयाँ रणनीति अनुसार सबै भन्दा पहिले आवश्यक कागजात बिना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासी निशानामा पर्नेछन् । यस्तोमा गम्भीर आपराधिक गतिविधिमा संलग्नहरु देखि सामान्य ट्राफिक नियम मिचेका, पसलबाट सामान चोरी गरेका सम्मलाई निशाना बनाइनेछ ।
ट्रम्प प्रशासनको नयाँ रणनीतिले अमेरिकामा रहेका झण्डै एक करोड १० लाख मानिसलाई असर पर्न सक्ने बताइएको छ । तर ओबामा प्रशासन हुँदा अमेरिका पुगेका बालबालिकालाई भने छुट दिइने बिबिसीले जनाएको छ ।
नयाँ रणनीति लागु गर्न सुरक्षा विभागले १० हजार अतिरिक्त अधिकारी नियुक्त गर्ने तयारी गरेको छ । यसअघि केही मुस्लिम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय त्यहाँको अदालतले खारेज गरेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply