Ticker

6/recent/ticker-posts

छन्द


छ र के कुरा दुनियाँमा 
नहुने पुरा ! दुनियाँमा

दिल झैं कहाँ महँगो छ
सुनका चुरा ! दुनियाँमा

प्रितको नशा सरि लाग्ने 
छ र कुन् सुरा दुनियाँमा

फल झैं चिर्यो मन कस्ले 
जति हुन् छुरा दुनियाँमा

प्रिय जूनमा पनि देख्छ
र त च्याखुरा दुनियाँमा !

छन्द – पिक एकचालिस
सूत्र – llS lSl lSS
गण – स ज य 
विश्राम – ५ अक्षरमा
लक्षण – 
‘पिक’ एकचालिस’ गाई 
छिन ‘पाँच’मा अड भाइ |
गुनगुन – लललालला लललाला
पोष्टराज चापागाई
कीर्तिपूर, १६ काठमाडौं

Post a Comment

0 Comments