Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक नियुक्तीको विषयलाई लिएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीचको विबाद चर्किएको छ । १३ औं महाधिवेशनबाट सभापतिमा विजयी भएपछि सभापति देउवाले निधिलाई विश्वास पात्रका रुपमा लिएर सरकार गठनमा पनि सबैभन्दा पहिले महत्वपूर्ण मन्त्रालय दिदै उप–प्रधान तथा गृहमन्त्री बनाएका थिए ।

समाचार स्रोतका अनुसार गृहमन्त्री निधिले पार्टीको १३औं महाधिवेशनपछि आफ्नो हैसियत विर्सिएर उपसभापति पदको अपेक्षा राख्दै सभापति देउवालाई विभिन्न काममा अप्ठ्यारो पार्दै आएका छन् । यसैकारण १० महिना वित्दा समेत पार्टीको केन्द्रीय कार्य समितिले पूर्णता पाउन नसकेको बुझिएको छ ।
सभापति देउवाको विश्वास पात्रका रुपमा बुझिएका मन्त्री निधिले पहिलेदेखि नै सभापतिका हरेक कदममा सकसको वातावरण सिर्जना गर्दै आइरहेको कुरा प्रहरी महानिरीक्षक ९आईजीपी० नियुक्ति प्रकरणमा आएर छताछुल्ल हुन पुगेको हो । उनीहरुबीच देखिएको यही विवादकै कारण आइजीपी नियुक्तिका लागि विहीबार बस्ने गरी तय भएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको स्रोतको भनाइ छ ।

समाचार स्रोतका अनुसार सभापति देउवासँगको सम्बन्ध चिसिँदै जानेसक्ने सम्भावनालाई बुझेका गृहमन्त्री निधिले पछिल्लो समयमा आएर पार्टीभित्र कांग्रेस महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगको सम्बन्ध  मजबुत बनाउँदै लगेको बताइन्छ ।

गुटगत राजनीतिको अन्त्य गर्दै कांग्रेसलाई एकतावद्ध ढंगले अघि बढाउन लागि परेका सभापति देउवाले कांग्रेसका अन्य प्रभावशाली नेताहरुकै परामर्शमा निधिलाई उपसभापतिमा मनोनित नगरेको बुझिएको छ । गृहमन्त्री निधिले आफ्नो पदीय दुरुपयोग गर्नुका साथै हरेक ठाउँमा आफू नै बन्नुपर्छ भन्ने पद लोलुपताका विरुद्धमा कांग्रेसका नेताहरु एकमत भएका छन् ।

स्रोतका अनुसार निधिले आफूलाई उपसभापति बनाउइनुपर्छ भन्नुका पछाडि मधेसी मोर्चालाई मिलाएको, देउवालाई पार्टी सभापति बनाउन सबै लाइन तय गरेको र  महाधिवेशनको चुनावी दौरानमा आर्थिक, भौतिक स्रोत जुटाएका तर्क छन् ।

सभापति देउवा निकटका नेताहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, एनपी साउद, डा। प्रकाशशरण महतलगायतले निधिलाई सरकारको नेतृत्व पनि उपसभापतिको जिम्मेवारी पनि दुईवटै पद दिन नहुने बताउँदै आएको स्रोतले जानकारी दियो ।

पार्टीभित्र गृहमन्त्री निधिको ‘वर्चस्व र हैकम’ बढेको भन्दै आन्तरिकरूपमा आफू निकटतम प्रभावशाली नेताहरूले निधिलाई उपसभापति नबनाउन दबाब दिनुसँगै पछिल्लो समय पार्टीका नेता रामचन्द्र पौडेल पक्षले एक महिनाभित्र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरेसँगै गृहमन्त्री निधिले आफू कठिन अवस्थामा पुगेको भन्दै आईजीपी प्रकरणमा सभापति देउवा विरुद्ध उभिन पुगेको बताइन्छ ।

वर्तमान आईजीपी उपेन्द्रकान्त अर्यालको पदावधि फागुन ३ गते सकिने भएसँगै नयाँ आईजीपी नियुक्तिका लागि कांग्रेस सभापति देउवा र गृहमन्त्री निधिले फरक–फरक नाम सिफारिस गरेको बताइन्छ । सभापति देउवाले डीआईजी जयबहादुर चन्दलाई अघि सारेका छन् भने गृहमन्त्री निधि नवराज सिलवाललाई जसरी भए पनि आईजीपी बनाउने अडानमा छन् ।

गृहमन्त्री निधिले यसअघि पनि प्रहरीका उच्च अधिकारीको पदस्थापना र सरुवा गर्दा पार्टीको निर्देशनलाई बेवास्ता गरेको तथा आर्थिक पक्षलाई मात्र प्राथमिकता दिएको आरोप पनि लाग्दै आएको छ । गृहमन्त्री निधिमाथि अहिले राष्ट्रिय राजनीतिमा मधेसी मोर्चालाई सेफल्यान्डिङ गराउन उदासीनता देखाएको आरोप पनि लगाउने गरिएको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply