Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार १६ वैशाख २०७४ मा उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ । सो दिन १० देखि ५ बजेभित्र मनोनयन गरिसक्नुपर्नेछ भने त्यसपछि उम्मेदवारको प्रथम सूची प्रकाशित गरिनेछ ।
१७ गते उम्मेदवारविरुद्ध दाबीविरोधका लागि तोकिएको छ । सो दिन बिहान १० बजेदेखि १ बजेभित्र दाबीविरोधको सूचना दर्ता गराइसक्नुपर्ने गरी सार्वजनिक गरिएको तालिकामा सोही दिन १ बजेदेखि भोलिपल्ट अर्थात् १८ वैशाख बिहान साढे ११ बजेसम्म उम्मेदवार मनोनयनको जाँचबुझ हुनेछ । त्यसपछि आयोगले १८ गते बिहान साढे ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्नेछ । सोही दिन १ बजेपछि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने गरी कार्यतालिका बनाएको छ ।

कार्यतालिकाअनुसार १९ वैशाख बिहान १० बजेदेखि एक घण्टा अर्थात् ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि १९ गते नै आयोगले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्नेछ । सो दिन बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदानका लागि समय छुट्ट्याइएको छ ।

१९ बुँदे निर्देशन जारी
यसैबीच, आयोगले निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ बुँदे निर्देशन जारी गरेको छ । आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सबै तहलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न आयोगले निर्देशन दिएको हो ।
सरकारलाई आवश्यक बजेट समयमै उपलब्ध गराउनेदेखि लिएर सुरक्षा प्रवद्र्धनसम्मका लागि निर्देशन जारी गरेको हो । आयोगले सरकारका सबै निकाय र सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूको विवरण उपलव्ध गराउन भनेको छ । यस्तो विवरण आयोगले मागेको एक हप्ताभित्र सम्बन्धित कार्यालयले अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।
आयोगले माग गरेका कर्मचारी आवश्यक स्थानमा खटाउने, सरकारमातहतका सञ्चारका साधनहरूलाई सुचारु अवस्थामा राख्ने, सुरक्षाकर्मी परिचालन गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, आवश्यक बजेट र जनशक्ति उपलब्ध गराउने, आवश्यकताअनुसार भौतिक सामग्री तत्काल उपलब्ध गराउने, मतपत्र छपाइका लागि प्रबन्ध मिलाउनेलगायतको निर्देशन दिएको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply