Ticker

6/recent/ticker-posts

वीरगञ्जका उद्योगहरुमा अब लोडसेडिङ नहुने....

वीरगञ्ज, फागुन ।
रक्सौल परवानीपुर १ सय ३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पूरा भएको छ । भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।
२१ करोड भारतीय रुपैयाँको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ । यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले जनाए ।
रक्सौल परवानीपुर प्रसारण लाइन चालु भएपछि विद्युत्भार कटौतीको भार खेपिरहेका वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत्भार कटौती नहुने प्राविधिकहरुको भनाइ छ । भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ ।
नेपाल–भारत दुवै देशबीच विगतमा भएको विद्युत् सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत् प्रसारण लाइनमा उत्पादित विद्युत् वीरगन्ज क्षेत्रका लागिमात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोडी अन्यत्र समेत उपयोग गरिने आयोजनाले जनाएको छ ।

Post a Comment

0 Comments