Ticker

6/recent/ticker-posts

राजनीतिक खिचातानीको प्रभावःनेपाल प्रहरीको कमाण्ड प्राविधिक एआइजीलाई

काडमाडौ,फागुन ।
आइजिपी बढुवा विवादपछि सरकारले प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त प्रहरी महनिरीक्षकको जिम्मेवारी दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले प्रहरी नियमावली २०७१ संशोधन गर्दै एआइजी पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको हो । यसअघिको नियमावलीमा प्राविधिकलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिन नमिल्ने भएकाले सरकारले नियमावली संशोधन गरी आइजिपी नियुक्तिको टुंगो नलागेसम्मका लागि डा. पोखरेललाई दिने निर्णय गरेको हो ।
नियमावलीको दफा ४१ को प्रावधानमा प्राविधिकलाई पनि निमित्तको जिम्मेवारी दिन सकिने भन्ने शब्द थपेर डा. पोखरेललाई निमित्तको जिम्मेवारी दिइएको हो ।
दिनभरिका अनेक अनुमानपछि साँझ करिब सात बजे बसेको बैठकले डा. पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । त्यसको करिब एक घन्टाअघि आइजिपी उपेन्द्रकान्त अर्यालले प्रहरी मुख्यालय छाडेका थिए ।

Post a Comment

0 Comments