काठमाडौं– पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ ।
पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् । ‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन ।
भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’
केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
No comments: