Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, माघ ।
सामसुङ कम्पनीका कार्यवाहक प्रमुख ली जाइ–यो दक्षिण कोरियामा पक्राउ परेका छन् । उनीमाथि घुसखोरी लगायतका आरोपहरु छन् । यो मुद्दा एउटा स्क्यान्डलसँग जोडिएको छ जसको राष्ट्रपति पार्क गेउङ–हाइसम्म गासिएको छ । पार्कका एक मित्र चोइ सुन–सीलले चलाएको मुनाफारहित फाउन्डेसनलाई चन्दा दिएर सामसुङले सरकारको सदासयता प्राप्त गरेको आरोप लगाइएको छ ।
ली र सामसुङले भने यो आरोपको खण्डन गरेका छन् । सामसुङका कार्यवाहक प्रमुखलाई पहिले अभियोजन पक्षले जनवरीमा बयान लिएका थिए, तर त्यतिबेला उनलाई गिरफ्तार नगर्ने निर्णय गरेका थिए । तर यसै हप्ताको सुरुमा दोस्रोपटक उनको बयान लिइयो ।
शुक्रबार अदालतले भन्योः‘नयाँ थपिएका आपराधिक अभियोग एवं नविन प्रमाणहरुका कारण ली जाइ(योङलाई पक्राउ गर्नैपर्ने आवश्यकता देखियो ।’
औपचारिक अभियोग दर्ता गर्नुअघि २० दिनसम्म यस मुद्दामाथि अनुसन्धान गरिनेछ । पक्राउ प्रकरणले दोष वा निर्दोषबारे अदालतको धारणालाई प्रतिबिम्बित गर्दैन । यसको आशय यत्ति हो कि संभावित अपराधलाई यसले निकै गम्भीरताका लिन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply