Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं– नेपाल राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सेवा विनियमावलीको विषयलाई लिएर गभर्नर घेराउ गरेका छन् । विनियमावलीको विनियम १११ बमामेजिम कर्मचारीको सेवा अवधि ३० वर्ष वा ५८ वर्ष मध्ये जुन अवधि पहिले आउँछ सो अवधिसम्म सेवा कायम गरिरहने छ भन्ने उल्लेख छ । तर केही कर्मचारीको प्रलोभनमा परी सेवा अवधि ३०+२ वर्ष कायम गर्ने विषयमा तत्परता देखाउन थालिएपछि अन्य कर्मचारीहरुले गभर्नलाई घेराउ गरेका हुन् ।

गत हप्ता २०७३ साल फागुन ५ गते बसेको बोर्ड बैठकमा छलफल नै नगरी माइन्यूटमा भने एउटा बुँदा थप गरी सेवा अवधि ३०+२  गर्ने निर्णय भएको भनि उल्लेख गरेको विषयमा कर्मचारीहरुले विरोध जनाएका हुन् । त्यति मात्र नभएर दुई जना डेपुटी गभर्नर विदेशमा रहेको मौका छोपी मनोमानी ढंगले यस्तो निर्णय गराउन माइन्यूट तयार पारिएको उनीहरुले आरोप लगाएका छन् ।

यसरी सेवा अवधि ३०+२ कायम गरिने हो भने करीब १ हजार कर्मचारीहरुको वृत्ति विसकासमा रोक लाग्ने अवस्था सिर्जना हुने भन्दै वित्तिय संस्था कर्मचारी संघका अगुवा, नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारी दैनिक कामकारबाही छाडेर आन्दोलित बनेका हुन् । उनीहरुले बुधबार मात्रै केन्द्रीय कार्यालय परिसरमा गभर्नरलाई घेराउ गरेका थिए ।

देशमा लामो समयसम्म पछि बल्ल स्थानीय निकायको निर्वाचन हुने आशा पलाएको अवस्थामा बैंकिङ प्रणालीमा रहेका चुनौती र समस्या समाधान गर्नुको सट्टा केही कर्मचारीको जागिर बढाउन लालायित देखिएको हुँदा समस्या ज्यूँका त्यूँ रहने देखिन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply