Ticker

6/recent/ticker-posts

तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’ प्रतियोगिता हुने

काठमाडौ,फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यही फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरिय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौमा प्रतिष्ठिनले पत्रकार सम्मेलन गरेर लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।
उनले भनेः‘ विगत तीन बर्षदेखि हामी यो प्रतियोगिता गर्दै आईरहेका छौँ, प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्माको परिकल्पनामा सुरु भएको प्रतियोगीताको यो निरन्तरताको स्वरुप हो, हिजोका दिनमा जुन तरिकाले सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो, यसपाली पनि विगतको भन्दा भब्य तरिकाले सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,यो प्रतियोगीतामा देशभरबाट ३० समुहको सहभागिता रहेने छ, अघिल्ला बर्षको भन्दा यो उपस्थिति बाक्लो हो ।’
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार, द्धितिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार, सान्त्वना २५ हजार धनराशिसँगै ताम्रपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यसैगरि उत्कृष्ट गायक–गायिकालाई १५ हजार रुपैयाँ प्रदान गरिने र बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्ने र साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने पंगेनीले जानकारी दिए ।

Post a Comment

0 Comments