Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौँ, माघ ।  पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले ११ औं अभिभावक दिवस भब्यरुपमा सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा शनिबार विद्यालयले अभिभावक दिवस मनाएको हो ।

करिब ५ घण्टा भएको अभिभावक  दिवसमा विद्यालयका कक्षा एलकेजी देखि ९ सम्मका विद्यार्थीहरुले विभिन्न गीतमा आ–आफ्नो प्रतिभा देखाएका थिए । विद्यालयको संगीत, डान्स, ड्रामा क्लब लगायतका विधाका ९ सय ५० विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा मुुख्य आकर्षणको रुपमा भुकम्पपीडित समस्याबारे जानकारी गराउन विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । विद्यालयका प्राचार्य आरबी कट्वालले सफलभन्दा असल विद्यार्थी उत्पादनको मुख्य उद्देश्य बोकेको बताउनुभयो ।

 विद्यालयका एच आर म्यानेजर एवं मनोविद् रविन कट्वालले सबै बालबालिकामा प्रतिभा लुकेको हुुुनाले प्रतिभा पहिचानमा विद्यालयको भूमिका ठूलो हुने बताउनुभयो । कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष आशीष श्रेष्ठ र केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँले विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रष्फूटनमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

पेप्सीकोला क्षेत्रको एकमात्र आइएसओ मान्यताप्राप्त यस विद्यालयले पढाईका अतिरिक्त अतिरिक्त क्रियाकलापका क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गर्दै आएको छ । बाल मनोविज्ञानका आधारमा पढाई हुने विद्यालयले विद्यालयमा विद्यार्थीहरुको संयोजन, व्यवस्थापनमा उल्लेख्य प्रगति गरेकाले हालै उत्कृष्ट प्रिन्सिपल अवार्ड, साना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा लगातार तीन पटक लिटल लेडी अवार्ड हासिल गरेको छ ।
 चित्रकला, हाजिरीजवाफ, फुटबल, क्रिकेट लगायत अतिरिक्त क्रियाकलापमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । विद्यालयका विद्यार्थीहरु लगातार प्रवेशिका परीक्षा एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदै आएका छन । विद्यालयमा साना बालबालिकाका लागि मन्टेश्वरीप्लस पद्धतिमा पढाई हुँदै आइरहेको छ ।







«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply