Ticker

6/recent/ticker-posts

राजदूत नियुक्ति बारे देउवाको चट्टानी अडान....छलफलै नगर्ने जिकिर

काठमाडौ, फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफरिस पुनर्विचार गर्न नसकिने अडान राखेका छन् । साथै उनले यो विषयमा पार्टी केन्द्रिय समितिमा पनि छलफल समेत नहुने बताएका छन् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीमा आवद्ध नरहेकाहरुलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिएका थिए ।
जवाफमा सभापति देउवाले राजदूत नियुक्तिबारे केन्द्रिय  समितिमा अहिलेसम्म छलफल नभएको बताए । सिंहदरबारमा आईतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले राजदूत नियुक्तिबारे छलफल हुन नसक्ने जिकिर गरे ।
वरिष्ठ नेता पौडेल पक्षले एकलौटी निर्णय गर्दै आएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले राजदूत नियुक्तिको विषय सच्याउनुपर्ने माग भन्दै देउवासँग लिखित रुपमा माग गरेका थिए ।

Post a Comment

0 Comments