Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,माघ ।
सत्तारुढ घटकको प्रमुख दल नेपाली कांग्रेस संविधान कार्यान्वयनको लागि तीनै तहको निर्वाचन अपरिहार्य रहेको निष्कर्षमा पुगेको छ । राजधानीमा बुधबार भएको कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरुले संविधान कार्यान्वयनका लागि चुनावमा जानुको विकल्प नभएको बताएका छन् । तर निर्वाचनको मिति घोषणा गर्ने सवालमा भने कांग्रेसभित्रै एक मत छैन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनाव होमिईसकेको बताएका छन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सुसिल कोईरालाको प्रथम पुण्य स्मृति दिवसमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै सभापति देउवाले स्थानीय तह सम्वन्धि निर्वाचन ऐन पारित भईसकेको भन्दै मुलुक चुनावमा गईसकेको बताएका हुन् ।
सभापति देउवाले माओवादी लगायत अन्य दलहरु स्थानीय निकायको चुनावप्रति सकारात्मक नरहेकाले स्थानीय तहकै चुनाव हुने धारणा राखे । स्थानीय तह निर्वाचन सम्वन्धि ऐन पारित भईसकेको अवस्थामा चुनाव बारे शंका नगर्न आग्रह गर्दै सभापति देउवाले चुनावको तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानसभावाट जारी गरिएको संविधान धरापमा परेको भन्दै चुनावको मिति घोषणा गर्न विलम्ब गर्न नहुने बताए । उनले संसद बैठक लामो समयसम्मका लागि स्थगित गरिएकोप्रति आपत्ति जनाए । संविधानको संक्रमणकालिन व्यवस्था अनुसार स्थानीय निकायकै चुनाव गर्नु उपयुक्त हुने नेता पौडेलको धारणा छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला,पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले संविधानको कार्यान्वयनको लागि निर्वाचन अपरिहार्य रहेको जिकिर गरे । कार्यक्रममा नेताहरुले नेपाली कांग्रेसका सभापति समेत रहेका स्वर्गीय कोइरालाको यागेदानको स्मरण गरेका थिए ।
नेपाली कांग्रेसका निवर्तमान सभापति स्वर्गीय कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply