Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

म्यानसिटी, फागुन ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले गाब्रिएल जिसस यो सिजनका बाँकी खेलमा खेल्ने सम्भावना कम रहेको बताएका छन् । गएको जनवरीमा इंग्लिस क्लब म्यानचेस्टर सिटी आएका जिसस इंग्लिस प्रिमियर लिग अन्तर्गत गएको सोमबार राति बोर्नमाउथसँगको खेलको क्रममा चोटग्रस्त भएका थिए । ब्राजिलियन फरवार्ड जिससको पाइतालाको हड्डी भाँचिएको छ । बोर्नमाउथसँगको खेल जिससको प्रिमियर लिगमा सिटीबाट तेस्रो खेल थियो । यसअघिका दुई लिग खेलमा उनले तीन गोल गरेका थिए ।
सिटीका प्रशिक्षक गार्डिवलाले भनेः‘जिसस यो सिजनको अन्त्य वा अर्को सिजनमा मात्रै मैदान फर्कने छन् ।’ पाइतालाको औलालाई गोलीगाँठोसँग जोड्ने पाँच हड्डी मध्ये एक हड्डी भाँचिएको हो । यसका लागि चारदेखि ८ हप्तासम्म आराम गर्नु पर्छ । 
सिटी आएदेखि नै प्रशिक्षक पेप गार्डिवला तथा समर्थकलाई प्रभावित पार्न सफल भएका जिसस बल नियन्त्रणमा लिने क्रममा चोटग्रस्त भएका थिए । जिससले लिगमा यसअघि भएको वेष्ट ह्याम र स्वान्सी सिटीसँगको खेलमा गोल गरेका थिए । जिसस चोटग्रस्त भएपछि सिटी भने समस्यामा परेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply