Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
एमाले अध्यक्ष केपी ओलीले पोलिटब्युरोमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्तारुढ दलले निर्वाचन नचाहेको आरोप लगाएका छन् । कांग्रेस र माओवादी केन्द्रले निर्वाचन धकेल्न चाहेको र मधेसी मोर्चाले संविधान असफल पार्न खोजेको आरोप ओलीको छ ।
ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय र भारत–पाकिस्तानबीच बढ्दो तनाव रहेको अवस्थामा नेपालले आफ्नो वैदेशिक नीतिमा पुनरावलोकनको प्रस्तावसमेत गरेका छन् । ट्रम्पको ‘राष्ट्रवादको नीति’ले दक्षिण एसिया र नेपालको भूराजनीतिमा पनि प्रभाव पार्ने भन्दै नेपालले पनि विदेश नीति बदल्नुपर्ने ओलीको राजनीतिक प्रतिवेदनको निष्कर्ष छ ।
अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजय र उनले सुरु गरेका आप्रवासनविरोधी, इस्लामविरोधी अनुदार नीतिहरू, प्रशान्त क्षेत्रबाहिरको साझेदारी सम्झौता (ट्रान्स–प्यासिफिक पार्टनरसिप अग्रिमेन्ट– टिपिपी) र उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) बाट अलग हुने निर्णय, अत्यधिक संरक्षणवादी आर्थिक नीतिहरूले विश्वव्यापी रूपमै चिन्ता र आशंकाका तरंग पैदा गरेका छन्।
रुस र चीनसँगको सम्बन्धमा विगतको परम्पराभन्दा फरक ढंगले अगाडि बढ्ने ट्रम्पको संकेतले अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न सक्ने प्रभावबारे विभिन्न विश्लेषणहरू भइरहेका छन्। यसबैबीच भारत र पाकिस्तानको विवादका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलन रोकिएसँगै दक्षिण एसियाली क्षेत्रमा पनि एकखाले तनाव बढेको छ। भूगोल र जनसंख्याको हिसाबले दक्षिण एसियाको ठूलो देश भारतको रुचि, सार्कलाई प्रभावकारी बनाउनुको साटो बिमस्टेक तथा बिबिआइएनजस्ता उपक्षेत्रीय संगठनहरूलाई प्रोत्साहन गर्नेमा देखिएको छ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply