Ticker

6/recent/ticker-posts

थाइल्याण्डमा नेपाललाई नेसनल कस्ट्युम अवार्ड

लाखेको ड्रेसबाटै राकेशले जिते अवार्ड 

थाइल्याण्ड– थाइल्याण्डको बैंककमा आयोजित ‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ । नेपालका तर्फबाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको लाखेको पोशाकबाट उनले कस्ट्यु हवार्ड हात पारेका हुन् । 

 बैंकक शहरस्थित द स्टेज एट एशियाटिक द रिभरफ्रन्टमा फेब्रुअरी १३ तारिखमा सञ्चालन भएको मिष्टर इन्टरनेसनलको ११ औं संस्करणको फाइनल प्रतिस्पर्धामा रोकेशले नेसनल कस्ट्युम अवार्ड हात पारेको हो । 

विभिन्न ३५ राष्ट्रको सहभागिता हरेको कार्यक्रममा रोकेशलाई नेपालको तर्फवाट फ्रान्चाइजी नेक्स्ट मिडियाले छनौट गर्नुका साथै उनको सहभागिताको संयोजन र व्यवस्थापन गरेको हो ।

फाइनल प्रतिस्पर्धामा लेबननका पल इस्कन्डरले मुख्य अवार्ड हातपार्न सफलभएको कार्यक्रममा पर्सनालिटी विधातर्फ उत्कृष्ट दश भित्र पनि रोकेश पर्न सफल भएका थिए । नेपाललाई यो अवार्ड दिलाउनुभएका रोकेशले मिष्टर इन्टरनेसनल प्रतियोगिताका लागि आवश्यक तयारीका साथै अन्तर्राष्ट्रिय  प्रतियोगितामा सहभागिता सम्बन्धी विविध आधारभूत पक्ष र प्रस्तुतिकरणका बारेमा कोरियोग्राफर रोजिन शाक्यसित अभिमुखीकरण कक्षा लिनुभएको थियो ।
यस कार्यक्रममा प्रस्तुत गरिएको लाखे पहिरन सम्बन्धि विजय तण्डुकारले ग्रुमिङ गर्नुभएको थियो ।  नेक्स्ट मिडियाका डाइरेक्टर रिजेश तण्डुकारका अनुसार नेपालले हरेक क्षेत्रमा मौलीक पोशाकले आफ्नो परिचय दिइरहेको र यसको एउटा उदाहरण यो अवार्ड भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले महत्वपूर्ण अवार्ड हासिल गर्न नसके पनि आफ्नो देशको नाम उच्च राख्न नेपालीपना झल्कने प्रस्तुती स्वरुप लाखे नाच र पोशाक प्रस्तुत गरेको जानकारी दिनुभयो ।

नयाँ पिंढीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आवश्यक पूर्वाधारसहित वातावरण बनाउन सकेमा नेपालले पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने नमुना दिएको नेशनल डाइरेक्टर सलुनम हर्जनले जनाउनुभयो । 

यो अवार्डले आफूहरु अझै हौसिएको र भविष्यमा महत्वपूर्ण अवार्डसम्म जित्ने तरिकाले प्रयत्न र प्रदर्शन गर्ने जनाउनुभयो । अवार्ड विजेता २८ वर्षिय तण्डुकार संगीतको प्रशिक्षण प्राप्त मल्टिमिडिया विज्ञ हुन् भने उनी फ्रिलान्सर ग्राफिक डिजाइनर पनि हुन् ।



Post a Comment

0 Comments