Ticker

6/recent/ticker-posts

प्रधानमन्त्री दाहालले भारतको दबाई खाएको एमाले नेता खनालको आरोप

चितवन,२३ माघ ।
नेकपा एमालेका बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको दबाई खाएर आएका कारण देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता कमजोर पारेको आरोप लगाएका छन् ।
नेकपा एमाले चितवनले आईतबार पार्टी कार्यालय मदनपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले माओवादी केन्द्र र अहिलेको सरकारले देशलाई जातिय क्षेत्रिय, भाषिक एकतालाई कमजोर बनाउदै अन्नतः बिखण्डनमा लैजान खोजेको टिप्पणी गरे ।
सरकार निर्वाचन गर्न र गराउनका लागि गठन नै नभएको भन्दै बरिष्ठ नेता खनालले भनेः‘संविधान जारी गर्न नदिने तत्वको योजना पुरा गर्न संविधान कार्यान्वयनमा भाँजो हाल्नका लागि नै यसको रचना गरिएको हो ।’
माघ ७ गते भित्र ३ तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै संकटमा पर्ने भन्दै नेता खनालले भनेः‘ ‘संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको हौवा झिकेर देशलाई दीर्घकालिन द्वन्द्वमा लैजाने प्रयास भैरहेको छ ।’

Post a Comment

0 Comments