Ticker

6/recent/ticker-posts

बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौ, फागुन ।
काठमाडौंको बालाजु माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह १२ बजेतिर ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
स्कुटर चालक, मकवानपुर मनहरीकी ३८ वर्षकी रिमा कुमारी राई र स्कुटर पछाडी बसेका धादिङ खाल्टेका ३५ वर्षकी सोनिया थापाको उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा ज्यान गएको हो।
ट्रक महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments