Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, माघ ।
जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि झण्डै ४ अर्ब ५२ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि उपलब्ध गराउने करिव ४ अर्व ५२ करोड रुपैयाँ अनुदान सहायता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदुत मासासी ओगावाको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाईका नेपालका प्रमुख जुन साकुमा बीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
पोखरामा देखिएको खानेपानी समस्या समाधानका लागि जापान सरकारले आर्थिक सहायता उपलब्ध गराएको अर्थ सचिव सुवेदीले जानकारी दिए । उनले अव पोखराको खानेपानी आपूतिको समस्या कम हुँदै जाने विश्वास पनि व्यक्त गरे ।
परियोजना २०७८ सालसम्म संचालन हुने र त्यसले पोखराबासीको जीवनस्तरमा सुधार ल्याउनुका साथै त्यहाँको पर्यटन विकासको क्षेत्रमा उल्लेख्य सहयोग पुग्ने पनि विश्वास गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply