Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
तीजको अवसरमा पोइ चाहियो भन्दै महादेसँग अपिल गरेकी कोमल वलीले भ्यालेन्टाइन डे को अवसर पारेर आई लभ यू भनेकी छन् । ‘आई लभ यु प्लीज’ बोलको गीतमा स्वर दिएकी कोमलले गीतको भिडियोमा स्कट लगाएर अभिनय गरेकी छिन् ।
यसपालीको भ्यालेन्टाइनमा जीबनसाथी भेटिएला त ? कोमल मुस्कुराउँदै भन्छिन्ः‘आशावादी छु तर, ढुक्क छैन ।’
‘स्कुल कलेज पढ्ने केटाकेटीहरु पनि मेरो गीत सुनेर मनोञ्जन लिन्छन् त्यही कारण मैले कलेज गर्लको भुमिका निर्वाह गरेँ ।’ कोमलले भनिन् । केही महिना अघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी कोमलले राजनीतिमा लागे पनि आफ्नो सांगीतिक यात्रा जारी रहने बताएकी थिइन् ।
उक्त गीतमा कोमललाई साथ दिएका छन् अशोक बरालले । अशोक बरालको शब्दमा सन्तोष श्रेष्ठको संगीत रहेको‘आइ लभ यू प्लिज’ को भिडियोलाई स्मृति तिमल्सिनाले निर्देशन गरेकी छन् । दुर्गा पौडेलको छायांकन रहेको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ । भिडियोमा गायिका ओली र महेन्द्र गौतमको अन स्त्रिmन रोमान्स देख्न सकिन्छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply